चितवनबाट प्रचण्डले भने–राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थिति हुनुपर्छ (भिडियो)

चितवन, ९ पुस । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने बताएका छन्।भरतपुरमा बाम बुद्धिजीवीहरुको कार्यक्रममा उनले सरकारले बिना सल्लाह राष्ट्रपति समक्ष अध्याधेस लगेकोमा भने आफुहरुको असहमती रहेको बताए ।

तर निर्वाचनबाट जनताले बहुमत दिएकाले वाम गठबन्धनले प्रतिपक्षीलाई पनि मिलाएर जानुपर्ने आफुहरुको दायित्व भएकाले मध्यमार्गी बाटो खोज्ने प्रयास भैरहेको बताए ।
यसैबीच प्रचण्डले एमाले–माओवादी केन्द्रको एकताका विषयमा केही सञ्चारमाध्यमहरुले भ्रामक समाचार दिन थालेको दावी गरे। प्रचण्डको भनाई आफ्नो बहुमत आउने लागेपछि एमालेका केही नेता माओवादी केन्द्रलाई छाडेर फोरमसँग एकता गर्ने प्रयासमा लागेको भन्ने केही सञ्चारमाध्यमले दिएको समाचारप्रति लक्ष्यित थियो।
उनले पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको दावी गरे।

(भिडियो)

भरतपुरमा बाम बुद्धिजीवीहरुकाे कार्यक्रममा अध्यक्ष क. प्रचण्ड र चितवन जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु।

Publié par Manahari Timilsina sur samedi 23 décembre 2017