वैद्य माओवादी सशस्त्र संघर्षकै पक्षमा

काठमाडौँ, ९ पुष ।  निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए । चितवनको मंगलपुरमा ६ पुसदेखि बसेको बैठकमा नेताहरूले सशस्त्र संघर्षमा जानुपर्नेमा जोड दिएका हुन् ।आजको नयाँपत्रिकामा खबर छ।

सत्ता, शक्ति र  कालो धनले जिते 
अहिलेको निर्वाचनमा वास्तविक जनताको अभिमत प्रकट नभएको नेताहरूको धारणा छ । सत्ता, शक्ति र कालो धन हुनेले निर्वाचन जितेको धारणा अधिकांशले राखेको केन्द्रीय सदस्य बद्री बजगाईले बताए । ‘जनतालाई सक्ता, शक्ति र पैसाको प्रभावमा पारेर निर्वाचन जितेका छन्,’ बजगाईले भने, ‘यसरी निर्वाचित भएका संसादले जनताको पक्षमा काम गर्न सक्दैनन् भन्ने धारणा साथीहरूको छ ।’

अहिलेको संसदीय व्यवस्थाबाट देशको निकास नहुने भएकाले जनवादी क्रन्तिका लागि सशत्र संघर्ष गर्नुको विकल्प नरहेको बजगाईले बताए । वाम गठबन्धन विदेशी शक्तिको आडमा निर्माण भएको क्रान्तिकारी माओवादीको ठहर छ । क्रान्तिकारी माओवादीले निर्वाचनमा १३ हजार नौ सय ४४ मत पाएको थियो ।

 

 

Promise Education Consultancy