अध्ययन प्रतिवेदन भन्छ- सुमार्गीको २२ अर्ब अवैध

काठमाडौँ, ९ पुष । ब्यापारी अजेयारज सुमार्गीले विदेशबाट ल्याएको र पुनाः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सि आईबी का अधिकारले गरेको अनुसन्धानले विदेशबाट ल्याईसककिएको र ल्याउन लागएिको दुवै कम अबैध रहेको पुष्टि गरेको हो ।

उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तुत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्धा प्रक्रिया अघि बढाउन भने आलटाल भईरहेको छ । आजको कान्तिपुरमा यो खबर छ ।

अवैध सम्पत्ति आर्जनबारे अनुसन्धान गर्ने सम्पत्ति शुद्धीकरण अनुशन्धान विभागले सुमार्गीका विषयमा बहानाबाजी गर्दै यसलाई टुंग्याउन अलमल गरिरहेको छ।

अध्ययन अनुसार करिब ११ अर्ब ५० करोड रुपैंयाँ उनले विदेशबाट भित्र्याइसकेका छन्। प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्वीकृती दिने निकायहरु उद्योग विभाग, उद्योग मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृतिबिनै उनले उक्त रकम भित्र्याएका हुन्।

Promise Education Consultancy