खोटाङको दिप्रुङ गाउँपालिकाका १४ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौँ, ९ पुष ।  केन्द्रबारे सहमति जुट्न नसकेपछि दिप्रुङ गाउँपालिकाका १४ जनप्रतिनिधिले सामुहिक राजीनामा दिएका छन् ।

केन्द्र सार्नुपर्ने पक्षमा रहेकाहरुले अल्पमतमा परेपछि गाउँपालिका प्रमुख भुपेन्द्र राईसमक्ष सामुहिक राजीनामा दिएका हुन् ।

अहिले केन्द्र कायम भएको त्रितीय भन्ज्याङबाट डाँडागाउँ वा नाराङ्गा  सार्नुपर्ने अडान कस्दै आएका वडाध्यक्षहरु १ नम्बरका शमशेरबहादुर खत्रि, २ का भीमबहादुर खत्री र ७ का नधबहादुर मगरसहित १४ जनाले राजीतमा दिएका हुन् ।

आफुहरुले शुक्रबार राजीनामा बुझाएको २ नम्बर वडाध्यक्ष खत्रीले बताए । केन्द्र विषयमा बिहीबारदेखि शुरु गाउँ कार्यपालिकाको बैठकसमेत स्थगित भएको छ ।

गाउँपालिकाका अन्य चारवटा वडाका २० प्रतिनिधिले भने यथास्थानमै केन्द्र कायम हुनुपर्ने अडान कस्दै आएका छन् ।,आजको कान्तिपुरमा  खबर छ ।