किया एक्सचेन्ज अफर, ३ लाख देखि ७ लाख सम्म नगद छुट

चितवन, ८ पुस । चितवनमा विश्वविख्यात कोरियन किया ब्राण्डको कारको किया व्रिmशमस एक्सचेन्ज अफर शुरु भएको छ ।
किया कारका ग्राहवर्गहरुको चाहानालाई मध्यनजर गर्दै पुस ७ गते देखि १२ गतेसम्मका लागि ६ दिने अफर सुरु गरेको अभियान मोटर्स प्रा.लि भरतपुर बालमन्दिर चोकका कार्यकारी निर्देशक वेदप्रसाद आचार्यले जानकारी दिए ।
किया कारको चितवनको लागि आधिकारिक विक्रेता अभियान मोटर्स प्रा.लि.ले नेपालभरका डिलरहरुमा एकै साथ संचालित उक्त एक्सचेन्ज अफरमाकियाका गाडी खरीदकर्तालाई जुनसुकै अन्य गाडीहरु समेत एक्सचेन्ज गर्न सकिने उनले बताए ।
भने यो अफरमा पुरानो गाडीको तत्कालै उत्कृष्ट मूल्यांकन गरि एक्सचेन्ज गरिनुका साथै कियाका हरेक ब्राण्ड खरीदमा न्यूनतम ३ लाख देखि ७ लाख सम्म नगद छुटको समेत व्यवस्था रहेको छ ।
साथै ५ वर्षसम्म निःशुल्क सर्भिस तथा स्पेयर्स पार्ट , आ.व. ०७४/०७५ को सवारी कर ,१ वर्षको इन्सुरेन्स सेवा समेत प्रदान गरिनेछ ।
कियाका पिकाण्टो, इलेक्ट्रोनिक्स सोल, रियो, स्पोटेज तथा कार्निभलका उत्कृष्ट आरामदायी मोडेलहरु रहेका छन् ।