“क्यान्भास” हेटौडाको बजारमा सार्वजनिक (भिडियो)

हटौँडा, ८ पुस । नेपाली वाईन पारखीका लागि मकवानपुर जिल्लाको हेटौडाको बजारमा नयाँ वाइन “क्यान्भास” आएको छ ।
उच्च स्तरीय प्रविधिबाट कालो अगुंरको प्रयोग गरि बनाईएको वाईन हेटौडामा संकटा वाइन एण्ड वेभरेज प्रालि काभ्रेले ल्याएको हो ।
एक समारोहका विच नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल, संकटा वाइनका कार्यकारी निर्देशक सरोजकुमार चापागाई र बजार निर्देशक हरि बास्तोलाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
सस्तो मुल्य र गुणस्तरयुक्त क्यानभास वाईन मध्यनेपाल क्षेत्रका ग्राहकवर्गहरुको चाहाना मध्येनजर गर्दै सार्वजनिक गरिएको बजार निर्देशक हरि बास्तोलाले जानकारी दिए ।
संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको उनले बताए ।
नेपाली वाईनहरुमा ग्राहकवर्गहरुले क्यानभास वाइन एक पटक प्रयोगसगैँ यसको महत्व थप बढ्ने एरिया सेल्स म्यानेजर राजेन्द्र न्यौपानेले बताए ।
मकवानपुर क्यानभास बाईनको आधिकारिक विक्रेता प्रधान स्टोर्स एण्ड सप्लार्यस हेटौडा रहेको छ ।
विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य ४ सय ९० रुपैया तोकिएको छ ।
देशभरका मदिरा आउटलेटमा वाइन चाँडै पुग्ने संकटाले जानकारी दिएको छ ।
क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकले सर्वेक्षण गरेर अंगुर आयात गर्ने गरेको छ ।
आफैं प्राविधिक परिक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एक मात्र वाइन कम्पनी हो ।
अहिले ७ सय ५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले एक महिना भित्र फ्यामेलीवा पार्टी प्याकको वाइनल्याउने तयारी गरेको एरिया सेल्स् म्यानेजर राजेन्द्र न्यौपानेले बताए ।
काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन शुरु गरेको हो ।
जुन प्रविधिबाट वाइन उत्पादन गर्ने नेपालको एकमात्र वाइन कम्पनी हो । हेटौडामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले बोलेका थिए ।
यसअघि शुक्रबार चितवनको बजारका लागि एक समारोहका विच उवासंघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले सार्वजनिक गरेका थिए ।

Promise Education Consultancy