चेपाङ बालबालिकालाई सिर्जनशिलको न्यानो कपडा

चितवन(ईच्छाकामना),८ पौष । सिर्जनशिल महिला जागरण केन्द्र ईच्छाकामनाले चेपाङ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं २ हेप्चेमा रहेको बालविकास केन्द्रका २५ जना बालवालिकाहरुलाई स्वीटर र टोपी वितरण गरिएको केन्द्रका अध्यक्ष सावित्रि पुडासैनी खनालले जानकारी दिनुभयो ।

ईच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको आतिथ्यमा एक कार्यक्रमकाबीच स्वीटर र टोपी वितरण गरिएको हो ।

ईच्छाकामना गाउँपालिकाको विकटमा पर्ने वडा न २ मा रहेको यस बालविकास केन्द्रमा २५ जना चेपाङ बालबालिका रहेको बालविकास केन्द्रका अध्यक्ष होम बहादुर चेपाङले जानकारी दिनुभयो ।

Promise Education Consultancy