“क्यान्भास” नयाँ वाइन चितवनको बजारमा (भिडियो)

 

चितवन, ८ पुस । चितवनको बजारमा नयाँ वाईन “क्यान्भास” भित्रिएको छ ।

चितवने वाईन पारखी संकटा वाइन एण्ड वेभरेज प्रालिल काठमाडौसगैँ क्यानभास वाइन सार्वजनिक गरेको हो ।

एक समारोहका बीच मदिरा व्यवसायी तथा उद्योगीहरुको उपस्थितिमा उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ संकटा वाइनका कार्यकारी निर्देशक सरोजकुमार चापागाई र बजार निर्देशक हरि बास्तोलाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।

 

सस्तो मुल्य र गुणस्तरयुक्त क्यानभास वाईन मध्यनेपाल क्षेत्रका ग्राहकवर्गहरुको चाहाना मध्येनजर गर्दै सार्वजनिक गरिएको बजार निर्देशक हरि बास्तोलाले जानकारी दिए ।

संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको उनले बताए ।

नेपाली वाईनहरुमा ग्राहकवर्गहरुले क्यानभास वाइन एक पटक प्रयोगसगैँ यसको महत्व थप बढ्ने एरिया सेल्स म्यानेजर राजेन्द्र न्यौपानेले बताए ।

विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य ४ सय ९० रुपैया तोकिएको छ ।

देशभरका मदिरा आउटलेटमा वाइन चाँडै पुग्ने संकटाले जानकारी दिएको छ ।

क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकले सर्वेक्षण गरेर अंगुर आयात गर्ने गरेको छ ।

आफैं प्राविधिक परिक्षण गरेर अंगुर आयात गर्ने यो नेपालको एक मात्र वाइन कम्पनी हो ।

अहिले ७ सय ५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले एक महिना भित्र फ्यामेलीवा पार्टी प्याकको वाइनल्याउने तयारी गरेको एरिया सेल्स म्यानेजर राजेन्द्र न्यौपानेले जानकारी दिए ।

काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन शुरु गरेको हो ।

जुन प्रविधिबाट वाइन उत्पादन गर्ने नेपालको एकमात्र वाइन कम्पनी हो ।

Promise Education Consultancy