दुई हजार ४ सय ६१ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी, ४ पुस । महोतरीमा ४६२ घर परिवारलाई लाल पुर्जा वितरण गरिएको छ।  वर्षौंदेखि जग्गा भएपनि लालपुर्जाविहीन एकरएक नगरपालिका र गाउँपालिकाका दुई हजारजनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपुर्जा वितरण गरेका हुन् ।
बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपुर्जाविहीनलाई लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए ।

बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपुर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपुर्जा वितरण गरेको १ नम्बर नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए ।

महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन भएको तथा अहिले ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै  आएका छन् । उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपुर्जा वितरण गरिने मञ्चका अध्यक्ष सिनमाया गिरीले  जानकारी दिईन् ।

 

Promise Education Consultancy