बस दुर्घटना हुदाँ २७ जनाको मृत्यु

भारत,८ पुष । शनिबार विहान भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २० जना घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।

उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर बस दुर्घटना भएको हो।

बनास नदीमा खसेको बसमा ५० जना यात्रु रहेका थिए। नदीको पुल तर्ने क्रममा बस नदीमा खसेको हो। बस चालकले नियन्त्रण गुमाएर नदीमा खसेको प्रहरी अधिकारीहरुले बताएका छन्।

नदीबाट २० जनाको शव बाहिर निकालिएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy