धारिलो हतियारले प्रहार गरि एक जनाको हत्या

बुटवल, ८ पुष । धारीलो हतियारले प्रहार गरि बुटवलमा एकजनाको हत्या भएको छ । गएराती बुटवल–१० का ३९ वर्षका धुमे गिरीको धारिलो हतियार प्रहार गरी शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका संजय नेपालीलाई पक्राउ गरेको छ ।

शुक्रबार बेलुका नेपाली र गिरीबिच झगडा भएको थियो । बेलुका झगडा भएको र बिहान गिरीको शव भेटिएकाले अनुसन्धानका लागि नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Promise Education Consultancy