आश्वासनमा उखु बेच्दै किसान

काठमाडौँ ८ पुष ।  चिनी उद्योगका सञ्चालकले पछि ‘उचित मूल्य’ दिने भन्दै उधारोमा उखु खरिद गरी क्रसिङ सुरु गरेका छन्। प्रतिक्विन्टल पाँच सय ६२ रुपैयाँ माग गरेका किसानलाई उद्योगीले पछि उचित मूल्य दिने भन्दै गत वर्षको मूल्यमा प्रतिक्विन्टल ६१ रुपैयाँ कम गरी उधारोमा उखु खरिद गरी क्रसिङ सुरु गरेका हुन्।आजको अन्नपूर्णपोष्टमा खबर छ।

मंसिरदेखि चैत महिनासम्म उखुको क्रसिङ गरी उद्योगले चिनी उत्पादन गर्दै आएका छन्। सरकारले उखुको न्यूनतम मूल्य निर्धारण गर्न चासो नदेखाएपछि उद्योगीले आफूखुसी मूल्य कायम गरी उखु खरिद गर्न सुरु गरेका हुन्। यो वर्ष कृृषि विकास मन्त्रालयसहित उद्योग मन्त्रालयले पनि उखुको न्यूनतम मूल्य निर्धारणमा चासो देखाएन। यसले गर्दा किसान उद्योगीले तोकेको मूल्यको भरमा उखु बिक्री गर्न बाध्य भएका हुन्। उद्योगीले पनि विभिन्न बहानामा पूर्वी क्षेत्रका किसानको हकमा प्रतिक्विन्टल पाँच सय ३१ र पश्चिमी क्षेत्रका किसानको हकमा चार सय ७० उपलब्ध गराउने आश्वासन दिएर उखु मिल सञ्चालनमा ल्याएका छन्।

Promise Education Consultancy