वास्तु शास्त्र अनुसार घरमा राख्दै नराख्नुस यि ६ चिज

हामी घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय वातावरण शिर्जना हुन्छ । आउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्यो बिषयमा केही जान्ने कोशिस गरौं । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

माकुराको जालो

यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलार्इ चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालोलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

परेवाको गुंड

परेवा शान्तिको प्रतिक मानिन्छ यसलार्इ प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ । यसले घरको शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलार्इ हटाएर अन्यत्रै सार्नुस ।

चमेरा

तपाइका घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुरा हुदैन , चमेरालार्इ दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेकौ दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

 

फुटेको ऐना

यदी तपाइको घरमा एैना फुटेको छ र त्यसलार्इ अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको एैनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्यार्इ छ ।

चुहिने धारो

चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

 

चर्केको भित्ता

घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस् । यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ ।

 

Promise Education Consultancy