ईच्छाकामनामा माईक्रोको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते

ईच्छाकामना चितवन, ७ पुष । कुरिनटारमा माईक्रोको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् ।भैरहवाबाट काठमाडौँ जादैँ गरेको लु १ ज २८१० माईक्रोले बा ४४ प३१७६ को मोटरसाईकललाई ठक्कर दिदाँ पाल्पा घर भई हाल गोरखाको सहिद लखनगाउँपालिका वडा न ४ राईनाश बस्दै आएका खड्ग थापा घाईते भएका हुन् ।

उनलाई उपचारका लागि काठमाडौँ लगिएको छ । ठक्कर दिने माईक्रो  र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।