प्रचण्डले भने : आलोपालोको विषयमा सहमति छ, अन्तिम टुगो समितिले गर्छ (भिडियोसहित)

 

चितवन, पुस ७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामगठबन्धनले बनाउने नयाँ सरकार गठनमा आलोपालो सहमति भएको खुलासा गरेका छन् ।
‘अब सम्झदारी धेरै भएको छ उनले भने यसमा यस्तो कुनै अप्ठारो आएको छैन् । ’
आज प्रेस सेन्टर चितवनले भरतपुर विमान स्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने स्पष्ट समेत पारे ।

चितवनमा एक विद्यालयको उद्धघाटन सकि भोली नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा वामगठबन्धन भित्र लचिलो भएर अन्तिम निर्णय समेत गरिने उनको भनाई थियो । साथै आज पाँच दलबीच भएको छलफलमा कुनै निष्कर्ष निस्किएपनि यस्तो बैठक बस्न आवश्यक रहेको भन्दै अन्तिम टुंगोमा पुग्न सबै दल लचिलो बन्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, राष्ट्रिय सभाको विषयमा अहिले पनि प्रमुख तीन दलबीच छलफल चलिरहेको छ । आज प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा पनि यस विषयमा कुराकानी भयो, तर सहमति जुट्न सकेन । छलफल आवश्यक छ, भइरहनु पर्छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभा मिलाएर संघीय संसद बन्ने बताउँदै प्रचण्डले संघीय संसदमा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको उनले बताए । राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ थियो ।
उनले संविधानमा प्रष्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रिय सभा गठनमा जटिलता आएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार आफूलाई फोन गरेर बधाई दिनुभएको र अन्य विषयमा केही कुराकानी नभएको प्रचण्डले बताए ।
उनले तीन पार्टीका प्रमुखलाई भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बिहीबार बधाई दिनु र शनिबार प्रधानमन्त्रीले प्रमुख पार्टीको बैठक बोलाउनुबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारे ।

Promise Education Consultancy