‘हिरो’को माइस्ट्रो नारायणगढ बजारमा

चितवन, ७ पुस । भरतपुर ओरालोमा रहेको हिरो मोटरसाइकलको बिक्रेता हारती माँ इन्टरप्राइजेजले निशुल्क रुपमा स्कुटरको माइलेज टेस्ट गरेको छ ।
माइलेज टेस्टसँगै शुक्रबार नै हिरो कम्पनीले उत्पादन गरेको माइस्ट्रो स्कुटरको मोफसलमा पहिलो पटक हारती माँ इन्टरप्राइजेजबाट अफिसियल लन्च गरिएको छ । माइस्ट्रो स्कुटरको अगाडि भागमा टेलिस्कोपी सकर जडान गरिएकोले चलाउनको लागि आरामदायी हुने हिरो मोटरसाइलकका सेल्स रिजनल म्यानेजर दिनेश बज्राचार्यले बताए ।
नयाँ प्रविधि प्रयोग गरिएकोले पिकअप र माइलेज राम्रो भएको बज्राचार्यको भनाइ छ । स्कुटरमा नै मोबाइल चार्ज गर्ने ठाउँ, फराकीलो डिक्की भएकोले पर्याप्त सामान राख्न सकिने भएकोले माइस्ट्रो स्कुटर सबैको लागि उपयुक्त हुने बज्राचार्यले बताए ।
शुक्रबार अफिसियल लन्च गरिएको माइस्ट्रो स्कुटरको दुवै चक्का ट्युबलेस रहेका कम्पनीले जनाएको छ । स्कुटरमा साइड स्ट्याण्ड इन्डिकेटर, सर्भिस इन्डिकेटर हुने भएकाले दुर्घटनाबाट बच्न समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ । माइस्ट्रो स्कुटरका ग्रहाकले नौ वटा निशुल्क सर्भिस र पाँच वर्षसम्मको वारेन्टी पाउने पाउने कम्पनीका आफ्टर सेल्स रिजनल म्यानेजर लक्ष्मण श्रेष्ठले बताए ।
भरतपुर ओरालोमा रहेको हारती माँ इन्टरप्राइजेजबाट मोटरसाइलक खरिद गर्दा ग्रहाकलाई फाइनान्सको समेत सुविधा उपलब्ध गराइएको सञ्चालक सुरज शाक्यले जानकारी दिए । ४० प्रतिशतको डाउनपेमेन्टमा ६० प्रतिसत सम्म फाइनान्स गरिने शाक्यको भनाइ छ ।

Promise Education Consultancy