प्रचण्डलाई मध्यमार्गी भुमिका खेल्न कांग्रेसको आग्रह

काठमाडौँ, ७ पुष । नेपाली कांग्रेसका नेता एवं सिँचाइ मन्त्री सञ्जय गौतमले कांग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको भन्दै यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोटर्स क्लवमा वोल्दै उनले विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न प्रचण्डले भूमिका खेल्नु पर्ने बताए । ‘काँग्रेस र एमाले बीच राजनीतिक दूरी बढिरहेको अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी भूमिका खेल्नुपर्छ’, उनले भने, ‘विशेषगरी सरकार र दलबीच संवाद सञ्चालन गर्न उनको भूमिका यतिबेला खाँचो छ ।’

मन्त्री गौतमले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकाले उनीहरुले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अहिलेको जनादेशले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको स्पष्ट पारे ।

Promise Education Consultancy