ईच्छाकामनामा बस र ट्रक ठोक्किदा ६ घाइते

चितवन, ७ पुस । ईच्छाकामनामा बस र ट्रक एकआपसमा ठोक्किदा ६ जना घाईते भएका छन् । चितवनको ईच्छाकामना गांउपालिका ४ लेवाटारमा काठमाण्डौवाट मुग्लिनतर्फ आउदै गरेको ना ६ ख १८१२ नम्वरको ट्रक र पोखरा बाट काठमाण्डौ जादैं गरेको ग १ ख ६०४९ नम्वरको बस विहिवार राति ११ बजे एक आपसमा ठोक्किएका हुन् । घाइते मध्य ३ जनाको भरतपुर र अन्य ३ जनाको काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।