चितवन युवा उमेशले निर्माण गरे लालपुर्जा, ट्रेलर आयो, माघ ४ मा अभिनयको महाकुम्भ

 

चितवन, ७ पुस । निगम श्रेष्ठ निर्देशित फिल्म ‘’लालपुर्जा’’को ट्रेलर र गीत सार्वजनिक भएको छ ।
राजधानीमा पत्रकार भेट गराई फिल्म निर्माण टिमले सस्पेन्सपूर्ण ट्रेलर सार्वजनिक गरेका हुन् । गीतकले भने युट्युवबाट नै दर्शकको साथ अनि माया बटुलीसकेको छ ।
चितवनका युवा व्यवसायी उमेश श्रेष्ठले सामुहिक रुपमा लगानी गरि निर्माण गरेको फिल्म नयाँ रेर्कड कायम गर्ने कलाकारहरुको दावी छ ।

 

माघ ४ मा प्रदर्शन गर्ने भनिएको यस फिल्मले सार्वजनिक गरेको टिजर र ट्रेलरलाई कार्यक्रममा उपस्थित सबैले रुचाए । दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ समेटिएको यस फिल्ममा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायतको मुख्य अभिनय छ ।

यसै फिल्मका अतिथि लेखक, उपन्यासकार नगरकोटीले यस फिल्ममा गेष्ट अपीरियन्स गरेको जानाकरी दिए । कार्यक्रम मार्फत नै निर्माण कम्पनी नेगेटिभ बुद्धले नयाँ फिल्म ‘ज्ञ’ निर्माण गर्ने घोषणा पनि गरे । माघ ४ गते अभिनयको महाकुम्भ हुने निर्माता विक्रमसिंह थारुले जनाए ।

Promise Education Consultancy