श्रीमद्बगवद्गीता जयन्तीको उपलक्ष्यमा भागवद् वाड्दै :अधिकारी

 

चितवन, ७ पुस । झट्ट हेर्दा गम्भीर स्वभावका,गोह्रो वर्ण अन्दाजी ३५ वर्षका शोभाखर अधिकारी श्रीमद्भागवद्गीता उपहार प्रदान कार्यक्रममा व्यस्त छन् । चितवन घर भएका पेशाले प्राध्यापक संगै लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर अधिकारी आफ्नो कामलाई पनि निरन्तरता दिदै यो अभियानमा लागेका हुन्।

डिसेम्बर महिना हिन्दुहरुले श्रीमद्बगवद्गीता जयन्तीकोको रुपमा मनाउने गर्दछन्, यसै अवसर पारेर गत वर्ष देखि श्रीमद्बगवद्गीता उपहार प्रदान कार्यक्रम व्यक्तिगत रुपमा शुरु गरेको अधिकारी बताए। श्रीमद्बगवद्गीता को प्रचार प्रसार गर्ने उद्देश्यका साथ शुरुको वर्ष आफ्ना हितैसी, शुभचिन्तक, समाजसेवी, आध्यात्मिक व्यक्तित्वहरुलाई २० थान पुस्तक उपहार दिएर शुरुवात गरिएको अभियानलाई यो वर्ष बृहत गर्दै निरन्तरता दिएको बताउने अधिकारी आफुले भागवत प्रदान गरेको व्यक्तीहरु बाट सामाजिक, पारिवारिक, शारीरिक, आध्यात्मिक, आर्थिक, बौद्धिक र मानसिक सफलता मिलेको खबरहरुले झनै आकर्षीत भएको बताउछन्।

साथै अहिलेका पुस्ताहरुले श्रीमद्बगवद्गीतालाई पौराणिक खालको पुस्तकका रुपमा लिने गरेको भएपनी आजभन्दा ५२ सय वर्ष अगाडि महाभारतको युद्धमा श्रीकृष्णले महारथी अर्जुनलाई दिनुभएको ज्ञानको भण्डार भएको यस पुस्तक विश्वमा कयौं पुस्तकहरु पटकपटक संशोधन हुदापनी परिवर्तन नहुनु, श्रीमद्बगवद्गीताको महत्व झनै बड्नु ,अरबी, बंगला, चिनियाँ, डच, फ्रेंच, जर्मन, अंग्रेजी, गुजराती, हिंदी, इटालियन, जापनिज, मालयम, मराठी, पोर्तुगिज, स्पेनिस, स्वेडिस, तमिल, तेलगु लगायतका १०० वटा भन्दा बढी भाषामा अनुवादित भै करोडौं संख्यामा यश पुस्तक बिक्री हुनुले पनि यसको सान्दर्भिककता स्पष्ट हुने अधिकारी बताउछन् ।

श्रीमद्भगवद गीता वा श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

Promise Education Consultancy