चितवनको सौराहामा हात्ती पोलो, हात्ती महोत्सवको तयारी अन्तिम चरणमा,हेरौँ ३ फोटो

राजेन्द्र आचार्य
चितवन, ७ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा हात्ती पोलोलाई नेपाल व्राण्डका रुपमा स्थापित गरिने भएको छ ।
चितवन हात्ती महोत्सव अन्र्तगत १३ औँ संस्करणबाट थप गरिएको हात्तीपोलोलाई परिकृत गर्दै पर्यटयकहरुलाई नेपालमा मात्र हुने हात्ती पोलो बन्द भएको छैन् भन्ने सन्देशका हात्ती महोत्सवमा थप गरेको अध्यक्ष सुमन घिमिरेले बताए ।
अनर््राष्टिय हात्ती दौडलाई परिकृत गरि महोत्सव बनाएपछि हरेक बर्ष नयाँ–नयाँ कार्यक्रम थप गर्ने उद्देश्य अनुसार हात्ती पोल सौराहामा गएको बर्षबाट सुरु भएको हो । गएको बर्ष भने ४ टिमले खेलमा सहभागी भएकोमा यस बर्ष थप दुई समुह थपिएको हात्ती पोलो खेल व्यवस्थापन समितिका सदस्य अन्जनकुमार पाण्डेले जानकारी दिए । भने पालोमा ४, ४ बटा हात्तीहरु समुह रहेका हुन्छन् ।
टाइगर टप्स होटलको व्यक्तिगत आयोजनामा बर्सेनी यो खेल मेघौली हुदै बर्दिया र हाल नवलपरासीमा हुदै आएकोमा सौराहा आउने पर्यटकलाई लक्षित गरि सौराहामा गर्दै नेपाल ब्राण्ढ बनाउन लागेको उनले बताए ।
संघ पूर्व अध्यक्ष एवम् सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा क्षेत्रिय होटल संघले खेल सुरु गरेका थियो ।
पर्यटक चितवनमा आउदा पोलो यहाँ किन नहुने भनेर धेरै प्रश्न आउन थाले र हामीले पनि धेरै महसुश गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो संघका पूर्व अध्यक्ष शैजुले भने । जसका लागि दैनिकजसो यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर व्यवसायीहरुले प्रशिक्षणमा सहभागी छन् ।
विगत ३३ बर्षदेखि चितवनको मेघौलीमा हुँदै आएको खेल चितवन राष्ट्रिय निकुञ्जबाट होटलबाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दिया हुदै नवलपरासीमा सो खेल पुगेको थियो । विसं ०६७/६८ मा मेघौलीमा पुनः खेल सुरु भए पनि ०६९ देखि ०७१ सालसम्म बर्दिया भएको थियो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् ।
बललाई हात्तीको सहयोगमा खेलाडीले पोस्टमा लगेर गोल गर्न खरिन्छ । यो हात्ति पोलो हात्तीमा चडेर खेलिने पोलो खेल हो । यो खेल नेपाल लगाएत भारत, थाइल्याण्ड र श्रीलंकामा पनि खेल्ने गरेको पाइन्छ तर हात्ती पोलोको विश्वकप प्रतियोगिता भने नेपालको चितवन जिल्लाको मेघौलीमा आयोजना गरिदै आएको थियो । सन् १९८१ मा परीक्षण खेलपछि १९८२ देखि नेपालमा टाइगर टप्स कर्णाली लज होटलका सञ्चालक जिम एडवर्डले विश्वमै पहिलो पटक नेपालमा यो खेलको शुरुवात गरेका थिए ।
हात्ती महोत्सवको तयारी अन्तिम चरणमा, हात्ती बार्थिगं थप
यसैविच १३ औ संस्कारणको चितवन हात्ती महोत्सवको अन्तिम चरणमा पुगेको छ । आगामी पोष ११ दखि सुरु हुने महोत्सव सम्पन्न गर्न आयोजक क्षेत्रिय होटल संघका प्रथम उपाध्यक्ष दिपक भट्टराई संयोजकत्वमा मुल समिति समेत गठन गरि विभिन्न १३ वटा बढी उपसमिति समेत गठन गरिएको छ ।
महोत्सवमा हात्ती बनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगीता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगीता, हात्तीको श्रँृगार प्रतियोगीता, प्रतियोगीताको आयोजना गरीएको कार्यक्रम संयोजक दिपक भटराईले बताए । साथै यो पटक देखि हात्ती बाथिगं कार्यक्रम थप गरेको उनले बताए ।
उनको अनुसार चौर व्यवस्थापनदेखि स्टल निर्माण कार्य धमाधम भईरहेको छ ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी दिने र राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा विविध सास्कृतिक कार्यक्रम समेत हुने उनले बताए । महोत्सवमा हुने बनभोज, फुटबल र ’हात्ती सुन्दरी’ प्रतियोगिताका लागि चितवन राष्ट्रिय निकुञ्जका ८० र होटल व्यवसायीहरुका ६० वटा हात्तीहरु तयारी अवस्थामा प्रशिक्षण कार्य भईरहेको छ ।

Promise Education Consultancy