सरकार र पार्टी एकताबारे छलफल गर्न आज एमालेको बैठक बस्दै

काठमाडौँ,७ पुष । नेकपा एमालेको स्थायी कमिटिीको बैठक आज बसदै छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि पहिलोपटक एमाले स्थायी समिति बैठक बस्न लागेको हो । उपाध्यक्ष वामदेव गौतमनिवास भैँसेपाटीमा शुक्रबार बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा, सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभा गठनबारे देखिएको अन्योललगायत एजेन्डामाथि छलफल हुने पोलिटब्युरो सदस्य विष्णु रिमालले जानकारी दिए ।

‘अहिलेका सबै समसामायिक एजेन्डामाथि बैठकमा छलफल हुनेछन्, रिमालले भने, ‘पार्टी एकताका विषयमा पनि कसरी जानेबारे मोटामोटी छलफल हुन सक्छ ।’ वाम गठबन्धनको अर्को घटक माओवादीले सरकार गठन र पार्टी एकताप्रक्रियालाई सँगसँगै लैजानुपर्ने निर्णय गरिसकेको परिप्रेक्ष्यमा एमाले बैठकमा त्यसबारे पनि छलफल हुने भएको छ ।

Promise Education Consultancy