प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च

काठमाडौं ७ पुष ।:  प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।आजको अन्नपूर्णपोष्टमा खबर छ ।

योमध्ये १० अर्ब रुपैयाँ निर्वाचन आयोगले चुनाव व्यवस्थापनमा खर्च गरेको हो। दुई चरणमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा पाँच सय ५० र प्रतिनिधिसभामा दुई सय ७५ सांसद चुनिएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ गरी जम्मा तीन सय ८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा मतदान भएको थियो।

Promise Education Consultancy