ईच्छाकामना पूर्णखोपयूक्त गाउँपालिका , पुष १६गते बृहद् कार्यक्रम गरि घोषणा गरिदैँ

चितवन (ईच्छाकामना) ६ पुष । ईच्छाकामना गाउँपालिका पूर्णखोपयूक्त गाउँपालिका भएको छ ।आज दारेचोक स्वास्थ्य चौकीमा जनप्रतिनिधि राजनितिक दलका प्रतिनिधि गाउँपालिकाका ५ ओटै स्वास्थ्य संस्थाका प्रतिनिधि शिक्षक पत्रकार लगायत सरोकारवालाहरुको संयुक्त भेला गरि गाउँपालिकाले जानकारी गराइएको हो ।

यही पुष १६ गते एक बृहद् कार्यक्रमकाबीच पूर्णखोपयूक्त गाउँपालिका घोषणा गर्ने स्वास्थ्य प्रमुख धन कुमार खड्काले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा बसेको बैठकले १६ गते हुने घोषणाका लागि तयारी समिति गठन गरिएको छ ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा समिति गठन गरिएको छ ।
आजको पूर्व तयारी बैठकमा सहभागी राजनितिक दल शिक्षक विभिन्न संघसस्थाका प्रतिनिधले कार्याक्रम सफल पार्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा विभिन्न समुदायबाट झाँकी सहित विविध सांस्कृतिक तथा स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिने जनाएको छ ।

 

Promise Education Consultancy