युवा रेडक्रस सर्कल अरोमा स्कुलमा १ सय ९४ ले गरे रक्तदान

 

चितवन, पुस ६ । चितवनमा बढ्दो मात्रमा भएको रगत अभाव हुन नदिन अरोमा उच्चमाविमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युवा रेडक्रस सर्कल अरोमा उच्चमाविको आयोजनामा बिहिबार स्कूल परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा १ सय ९४ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकायका १ सय ४१ जना छात्र र ५३ जना छात्राले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले जाडो महिनामा रगतको कमीका कारण हरेक बर्ष समस्या आउने गरेको बताउनु भयो । उहाँले यस समयमा अरोमाले रक्तदान कार्यक्रम गरेर मानविय कार्यमा ठुलो सहयोग गरेकोमा स्कुललाई धन्यवाद दिएका थिए ।

सर्कलकी अध्यक्ष विपना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्कलका संरक्षक तथा प्रिन्सिपल शेर बहादुर क्षेत्री विशिष्ठ अतिथी भरतपुर वडा नं. १० का वडा अध्यक्ष अरुण पीडित भण्डारी, स्कुलका अध्यक्ष कृण्णप्रसाद सापकोटा, कार्यक्रम निर्देशक जीवन केसी, राजेश शर्मा र नेत्र भुसालले मन्तब्य राख्नु भएको थियो । हरेक वर्ष स्कूलको वार्षिक कार्यक्रम अन्तगर्त गर्ने कार्यक्रममा गत वर्ष १३५ जनाले रक्तदात गरेका थिए ।

Promise Education Consultancy