पोखरा सडक महोत्सवमा चितवनवासीलाई निम्तो

सन्तकुमार चौधरी

चितवन ६, पौष । पोखरामा आयोजना हुन लागेको १९ औं सडक महोत्सव २०७४ लाई सफल बनाउन आयोजक टिम प्रचार प्रसार अभियानको क्रममा चितवन आईपुगेका छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिने पोखरा सडक महोत्सवलाई सफल बनाउन आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन लगायत अन्य सहयोगी संस्थाका पद्धाधिकारीहरु प्रचार प्रशारका लागि चितवन आईपुगेका हुन ।

पौष १३ गतेदेखि १७ गते सम्म आयोजना हुने सडक महोत्सवको तयारी बारे सौराहामा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो । सडकमै खाने सडकमै रमाउने वातावरण सृजना गर्न १९ औं संस्करण स्वरुप सडक महोत्सवको तयारी भइरहेको आयोजक रेवानका अध्यक्ष चौ वहादुर गुरुङले जानकारी दिए ।

सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकार सँगै हस्तकला प्रर्दशनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रर्दशनी, विभिन्न जिल्लामा उत्पादन भएका सुन्तला तथा अन्य कृषि जन्य उत्पादनको प्रर्दशनी, बाल उद्यान लगायत दैनिक ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट लाईभ कन्सर्ट हुने आयोजकले जानकारी दिएको छ ।

यो पटक सडक महोत्सवमा भारत, जपान, कोरिया, चाईना, रसियन लगायतका मुलुकले समेत आ–आफ्नो मुलुकको सांस्कृतिक झाँकी प्रस्तुत गर्दैछन् । पोखरा सडक महोत्सवको ब्राण्डलाई स्थापीत गराउन आफुहरु पोखरा बाहेक अन्य प्रमुख शहरहरुमा प्रचार प्रशारका लागि अभियानमा हिडेको महोत्सव संयोजक समेत रहनुभएका रेवान पोखराका अध्यक्ष गुरुङले बताए ।

रेवान चितवनका अध्यक्ष गोर्कण गिरीको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा रत्ननगर वडा नं. ६ का वडा अध्यक्ष बलराम दाहाल प्रमुख अतिथि रहेका थिए । यस अघि भैरहवाको बुटवल पुगेको टोली मकवानपुर लगायत विभिन्न शहरमा पुगेर प्रचार प्रसार गर्नेछन् ।

Promise Education Consultancy