सपनाद्धारा चेपाङलाई बोका (भिडियो)

 

चितवन, ६ पुस । चितवनको पहाडी क्षेत्र कालिका नगरपालिका सिद्धीका चेपाङ समुदायको आयआर्जनका लागि उन्नत जातको बोका वितरण गरेको छ ।

चेपाङहरुको आयआर्जनको लागि बाख्रापालन गरिरहेका र भर्खरै सुरू गरेका सिद्धिको १५ वटा समहुका २७ चेपाङ घरपरिवारलाई उन्नत जातका वोयर र जमुनापारि जातको बोका वितरण गरिएको हो ।

सपना भिलेज सोसल इम्प्याक्टले सिद्धिमा सुरू गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक नामक परियोजना संचालन गरेको सोसल इम्प्याक्टले विहीवार एक कार्यक्रमको आयोजना गरी २७ वटा विभिन्न जातका बोका वितरण गरेको हो ।

सिद्धीका कृषकको आयआर्जन वृद्धिका लागि वन्दीपुरबाट ल्याईएको बोर, जमुनापारी तथा जमुनापारी र बारवेरीको क्रस बोका वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम निर्देशन सुजन वस्नेतले जानकारी दिए ।

कार्यक्रम निर्देशक वस्नेतका अनुसार १५ वटा बोर जातको, ११ वटा जमुनापारी र १ वटा जमुनापारी र बारबेरीको क्रस बोका वितरण गरिएको हो ।

कालिका नगरपालिका १० तीन दोभानमा आयोजित कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरी, संचालक सजनराम भण्डारीले बोका वितरण गरेका थिए ।

परियोजनाले आयआर्जनको लागि प्रतियोगितात्कम तवरबाट कालिका नगरपालिकाको सहकार्यमा सिद्धिमा काम गरिरहेको नगर प्रमुख खुमप्रसाद श्रेष्ठले जानकारी दिए ।

चेपागंका नाममा हुने विकृती नियन्त्रयण गर्न आफुहरु स्वयम सहभागी भई विकासका काम गरेको उनले बताए ।

सिद्धिको विकास र त्यहाँ बसोबास गर्ने चेपाङ समुदायको उत्थानको लागि सपना भिलेज सोसल इम्प्याक्टले कालिका नगरपालिकाको सहकार्यमा परियोजना लागू गरी विभिन्न कामहरु गरिरहेको छ ।

सो अवसरमा वोल्दै मेयर श्रेष्ठले साविक सिद्धी गाविस मौरी र वाख्रापालनका लागि उपयुक्त क्षेत्र रहेकाले विगतमा वितरण गरिएपनि लेखाजोखा नभएकाले यसमा गम्भीर हुन आग्रह गरे ।

सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले सिद्धीमा परियोजना संचालन गरेपछि चेपाङ समुदायमा परिवर्तन आएको दावी गरे ।

चेपाङ समुदायको परिवार, टोल, स्वाथ्यकर्मीहरुबीच प्रतिस्पर्धा गराई उनीहरुको जीवनशैलीमा परिवर्तन ल्याउने सोसल इम्प्याक्टको लक्ष्य छ ।

यसअघि परियोजनाले सिद्धिका चेपाङ समुदायले गरिरहेको बाख्रापालन प्रवद्र्धन गर्न ७० हजार डाले घाँसका विरुवासमेत वितरण गरेको थियो ।

पहिरो जानबाट रोक्न, चेपाङलाई घाँस काट्न जंगल जानुपर्ने बाध्यता हटाउन र बाख्रापालनबाट चेपाङलाई आत्मनिर्भर बनाउन घाँसको विरुवा वितरण गरिएको अध्यक्ष गिरीको भनाइ छ ।

Promise Education Consultancy