डाक्टर डा उपेन्द्र देवकोटा देवकोटा क्यान्सरबाट पीडित

काठमाडौं ६  पुस  ।  वरिष्ठ ‘न्यूरोसर्जन’ डा उपेन्द्र देवकोटा गम्भीर बिरामी भएका छन् । उनीलाई दुर्लभ प्रकारको क्यान्सर रोग भएको आशंका छ ।

‘न्यूरो’ रोग सम्बन्धी उपचारमा विख्यात डा। देवकोटालाई दुर्लभ प्रकारको क्यान्सर रोग लागेको उनी निकट स्रोतले जनाएको छ । डा। देवकोटा बेलायतको एक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

देवकोटाले हालसम्म ३० हजार जनाको टाउको शल्यक्रिया गरिसकेका छन, भने १० लाख भन्दा बढी बिरामी जाँच गरेका छन् । मंसिर १० गते भएको निर्वाचनमा डा देवकोटा गृहजिल्ला गोरखामा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न व्यस्त थिए ।

निर्वाचन प्रचारकै क्रममा विरामी भएपछि उनी गोरखाबाट काठमाडौँ फर्किएका थिए । उनको नेपालमा उपचार नभएपछि लण्डन लगिएको बताइएको छ ।

डा। देवकोटा पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री भएका थिए ।

Promise Education Consultancy