एकदुई दिनमा चिसो बढ्ने, हृदयघातको खतरा बढी

काठमाडौँ, ६ पुष । देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा केही दिन यता न्यूनतम तापक्रम बढिरहेको छ तर अधिकतम तापक्रम कम भएका कारण चिसो महसुस भएको हो । एकदुई दिनमा अधिकतम तापक्रम घट्न सक्ने मौसमविद पोखरेलले जनाइन् ।

बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिगी सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

यसैबीच चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ चिकित्सकहरुका नुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ ।
यस्तै जाडो महिनामा नै श्वासप्रश्वास नलीबाट ब्याक्टेरिया पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टरले बताएका छन् । चिसोमा कतिपयले बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि मुटुको रक्तचाप बढ्ने गरेको पाइएको छ । डाक्टरहरुका अनुसार खानपानमा ख्याल गरी न्यानो कपडा र झोलिलो खाने कुरा खाए जाडो महिनामा लाग्ने सम्भावित रोगबाट बच्न सकिन्छ ।

चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क घात हुने र मुटु बिगे्रका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने डा। वैद्यले बताउनुभयो ।

Promise Education Consultancy