सुनिल चेपाङको उपचारका लागि उद्यमशिल महिला जागरण केन्द्रले गरे आर्थिक सहयोग

चितवन, ५ पुष । आर्थिक अभावका कारण उपचारमा समस्या परेका १३ बर्षिय सुनिल चेपाङलाई उद्यमशिल महिला जागरण केन्द्र ईच्छाकामनाले आर्थिक सहयोग गरेका छन् ।
आज ईच्छाकामना ३ चुम्लिङटारमा माओवादी केन्द्र ईच्छाकामनाका ईन्चार्ज प्रताप गुरुङ मौसमको आतिथ्यमा केन्द्रका अध्यक्ष अप्सरा पौडेल लगायतको उपस्थितिमाएक कार्यक्रमकाबीच उद्यमशिल महिला जागरण केन्द्रले सुनिलका बुबा रामशरण चेपाङ र सुकमाया चेपाङलाई नगद रु १० हजार हस्तान्तरण गरेका हुन्। केन्द्रका अध्यक्ष अप्सरा पौडेलले आफुहरुले सानो सहयोग गरेको भन्दै यसरी नै थोरै थोरै सहयोग सबैबाट जुटेमा सुनिलको जिवनको उपचारमा सहयोग पुग्ने बताईन् । उनले सबै सहयोगी मनहरुलाई सहयोग गर्न अपिल पनि गरिन् ।
दुई बर्षअघि क्षयरोगले ग्रसित सुनिलको स्वास्थ्यमा जटिलता आएपछि भरतपुर अस्पतालको आइसियु कक्षमा उपचार भईरहेको छ । उपचारमा संलग्न डाक्टरहरुले काठमाडौँ लैजान सुझाव दिएको आमा सुकमाय र स्थानिय इन्द्रमाय बोहोराले बताईन् ।
आर्थक अभावका कारण उपचारमा समस्या आएपछि सुनिल जिवनमरणको दोषाधमा छन् । सुनिलका बुबाले मजदुरी गरेर परिवारको पालपोषण गर्दै आएका छन् ।
चेपाङको जिवन रक्षाका लागि बाआमाले सहयोगी मनहरुलाई आग्रह गरेका छन् ।अहिले सम्म उपचारका लागि कहीँकतैबाट सहयोग नभएको उनिहरुले बताएका छन् ।

यसैबीच जागरण केन्द्रले ईच्छाकामना गाउँपालिका वडा न ३ नयाँचौताराका मुटु रोगी चनमती विकलाई पनि रु १० हजार नगद सहयोग गरेका छन् । २५ बर्षिय चनमती विक केही बर्षयता मुटुरोगबाट ग्रसित छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकिएको उनका श्रीमान् राम विकले बताए ।
साथै उनले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । चनमतीका १ छोरा र २ छोरी गरि सन्तान रहेका छन् ।
उद्यमशिल महिला जागरण केन्द्रले यस अघि ईच्छाकामना गाउँपालिकाका विभिन्न किसिमका पीडितहरुलाई सहयोग गर्दै आएका छन् ।
उनिहरुले देउसी भैलोबाट उठेको रकमबाट विपद् कोष समेत खडा गरेका छन् । उक्त कोषबाट सहयोग गर्ने केन्द्रका सह–सचिव सम्झना खड्का सिलवालले जानकारी दिइन् ।

Promise Education Consultancy