उड्डयन मन्त्रालयका सहसचिव घिमिरे बिज्ञसहित देवघाटकोे निरिक्षणमा

प्रकाश सिग्देल
चितवन, ५ पुष । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सहसचिव डुुन्डुराज घिमिरे नेतृत्वको दुई जना बिज्ञसहितको टोली देवघाटको धार्मिक क्षेत्रको निरिक्षणमा आएको छ । जलवायु परिर्वतनले धार्मिक क्षेत्रमा पारेको असरको मुल्याकंन गर्न र त्यसको प्रभावको बारेमा जानकारी लिनका लागि स्थानिय बासिन्दासंग परार्मश गर्न टोलि देवघाट आएको क्षेत्र बिकास समितिका अधयक्ष टंकनाथ पौडेलले बताउनुभयो ।
देवघाटको बिकासका लागी नयाँ कार्यक्रम निमार्ण संगै जलवायु परिर्वतनले पारेको असर अध्यान गरि त्यसको प्रभाव घटाउन आवस्यक रणनिति निमाणृका लागी अध्यान गर्न टोलि आएको र स्थानिय संग छलफल समेत भएको क्षेत्रबिकास समितिका अध्यक्ष पौडेल बताउनु हुन्छ ।
जलवायु परिर्वतनले हरेक क्षेत्रमा प्रभाव पारेको र बिशेष गरी नेपालको सहियौ देखिको धार्मिक आस्थाका केन्द्रहरुमा समेत त्यसले के प्रभाव पारेको छ । र त्यसको असर तल्लो तह सम्म कसरी पर्न सक्छ भन्ने बारे अध्यायनका लागि आफुहरु चितवन आएको र देवघाट क्षेत्र बिकास समिति तथा यहाँका स्थानिय संग छलफल गरेको नागरीक उड्डयन मन्त्रालयका स–हसचिव ढुन्डुराज घिमिरेले बताउनु भयो । धार्मिक क्षेत्रमा जलवायु परिवर्तनको असरको सम्बन्धमा अहिले सम्म अध्यान नभएकाले यो बिषयलाई प्राथमिकतामा पारि प्राक्टिकल एक्सनको सहयोगमा धार्मीक क्षेत्रहरुको अध्यान थालेको उहाँको भनाई छ । पर्यटन प्रवद्र्धनका लागि धार्मीक क्षेत्र महत्व पुर्ण भएकाले धार्मिक क्षेत्रमा पनि जलवायु परिवर्तनको असर र क्षती घटाउन सरकारको पहल अगाडी बढेकाले अध्यानमा निस्किएको र त्यसको रिपोर्टका आधारमा कार्ययोजना हरु बन्ने उहाँको भनाई छ ।

उहाँका अनुसार देवघाटमा पनि त्यसको असर परेको छ । जसले एकिन मापन भने नभै सकेको उहाँ बताउनु हुन्छ । देवघाटका ९० वर्षीय बृद्ध नन्नु बोटले देवघाटको जमिन बिगतमा भन्दा कमलो हुदै जमिनको सतह पातलिदै जानुका साथै त्यो क्षेत्रमा नयाँ नयाँ प्रकारका बनस्पती तथा भारहरु फैलिएको आफुले अनुभव गरेको बताउनु भयो ।

Promise Education Consultancy