जनताको जनादेश अनुसार अघि बढ्छौं : पोखरेल

महोत्तरी,५ पुस  ।  बिना बिभागिय मन्त्री एवम् महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी गिरिराजमणि पोखरेलले जनताको जनादेश अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बर्दिबास नगरपालिका -९ पथलैयामा घरदैलो अभियानको क्रममा आयोजित कार्यक्रममा पोखरेलले बामपंथीलाइ विश्वास गरेर मतदानगरि बिजयी गराउने आम मतदातालाई धन्यवाद र आभार व्यक्त गर्नुभयो ।

नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य समेत रहनुभएका पोखरेलले छिट्टै बामपंथीहरुको सरकार बन्ने बताउदै नयाँ सरकार गठनपछि विकास निर्माणको लहर आउने बताउनुभयो । रातु नदि को समस्याबाट लामो समयदेखि स्थानीयलाई परेको दुख चाडै समाधान गर्ने पोखरेलले बताउनुभयो । बाटो, खानेपानी, स्वास्थ, शिक्षा लगायतका समस्या समाधानको निम्ति छलफल गरेर समाधानको पहल गर्ने पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्तरीका मतदातालाइ धन्यवाद र आभार व्यक्त गर्दै पोखरेलले जिल्लाको समग्र विकासको लागि निरन्तर लागिरहने बताउनुभयो । जनताको बाम गठबन्धनप्रति ठूलो बिश्वास र अपेक्षा छ पोखरेलले भन्नुभयो : जनमत को कदर गर्दै अघि बढछौ । बाम गठबन्धनले चुनाव अघि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा उल्लेख भए अनुसारको काम गर्ने पोखरेलले बताउनुभयो । महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट बिजयी पोखरेलले मतदाताको घरदैलोमा पुगेर धन्यवाद र आभार व्यक्त गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहनुभएको छ ।

पोखरेलले आज पनि महोत्तरी जिल्ला क्षेत्र -१ अन्तर्गतको बर्दिबास नगरपालिकाको किशान नगर र पशुपति नगरका मतदाताको घरदैलोमा पुगेर मतदाता सङ्ग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र धन्यवाद ज्ञापन गर्नुभएको छ । घरदैलोको क्रममा विभिन्न नाचगान सहितको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापालाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

Promise Education Consultancy