कीर्ते मुद्दा दायर भएसँगै सिलवाल फरार अभियुक्त

काठमाडौँ, ५ पुष ।  नेकपा एमालेबाट टिकट पाएर ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पूर्व डीआईजी नवराज सिलवालविरुद्ध कीर्ते मुद्दा दायर गरेको छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंलेकीर्ते मुद्दा दायर गरेको हो ।

जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । महानगरीय परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले मुद्दा दायर भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’ जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् । हाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ ।

सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न भनेको थियो । सर्वोच्च अदालतले कीर्ते गर्नेहरुलाई अनुसन्धान गरी कारबाहीको आदेश दिएको थियो । सर्वाेच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध बुधबार जाहेरी दर्ता भएको हो ।

Promise Education Consultancy