ज्वाईद्धारा ससुरालाई राजधानी बनाउन ज्ञापनपत्र

काठमाडौँ, ५ पुस । चुनावीमा आफु पराजित भए पनि प्रदेशसभा सदस्यमा मोरङ क्षेत्र नं. ६ (१)को उम्मेदवार जीवन आचार्य यतिवेला जनताको मागलाई पुरा गर्न व्यवस्त बनेका छन् ।
मुलुकै आर्थिक हबका रुपमा परिचित मोरगं जिल्लामा पर्ने विराटनगरलाई प्रदेश राजधानी बनाउन उनी व्यस्त भएका हुन् ।
चुनावी घरदैलोको क्रममा आफुले बाचा गरेको मध्ये सबैभन्दा महत्वका हेरिएको विराटनगरलाई राजधानी बनाउन पहल कदमी अभियान उनी यतिवेला काठमाडौँमा शिर्षनेताहरुसगँ भेटघाटमा व्यस्त छन् ।
सोही क्रममा आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटि ज्ञपानपत्र समेत बुझाएका छन् । उनी आफु मात्रै नभई विराटनगर महानगरका मेयर भीम पराजुली र प्रदेश सभा सदस्य केदार कार्कीसहित पुगेको टोलीले ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश राजधानीका सबै पुर्वधार विराटनगरमा भएको भन्दै प्रचण्डले यस विषयमा आफ गम्भीर भएर लाग्ने बताए ।
उनले मुलुकको अर्थतन्त्रको अग्रण्ी हिसा बोकेको विराटनगरको महत्वलाई थप उचाई पुराउन विराटनगरको विकलप नभएको समेत बताएका थिए ।

Promise Education Consultancy