पुरानो मेडिकल कलेजद्धारा प्रहरीलाई प्रिण्टर हस्तान्तरण

 

कावासोती ५ पुस । पुरानो मेडिकल कलेज भरतपुरले जिल्ला प्रहरी कार्यालय नवलपुरलाई एक थान रंगिन प्रिण्टर हस्तान्तरण गरेको छ । कलेजले संस्थागत सामाजिक दावित्व अन्र्तगत सो सामाग्री हस्तान्तरण गरेको कलेजका वरिष्ठ बजार प्रबन्धक दुर्गा न्यौंपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखालाई कार्य सम्पादन गर्न सहज पुगोस् भन्ने उदेश्यले सो सामाग्री हस्तान्तरण गरिएको हो । कलेजले जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जि.सि.लाई प्रिण्टर हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा प्रहरी उपरिक्षक जि.सि.ले मेडिकल कलेजले उपलब्ध गराएको सहायाताले प्रहरीलाई कार्य सम्पादनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

मेडिकल कलेजले यस अघि जिल्ला प्रहरी कार्यालय चितवनलाई २ थान ब्रेथलाईजर पनि उपलब्ध गराएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरलाई पनि छिट्टैं १ थान ब्रेथलाईजर उपलब्ध गराउने कलेजका बरिष्ठ बजार प्रबन्धक न्यौंपानेले बताउनुभयो ।

Promise Education Consultancy