नवलपरासीमा यस बर्ष अन्तर्राष्ट्रिय हात्तीपोलो नहुने

चितवन, ५ पुस ।  हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ ।

जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको छ ।हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए ।

हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण सो प्रतियोगिता बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताउनुभयो ।

वन्यजन्तु पर्यटनलाई नयाँ रुपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथा घण्टाँै पर्यटक हात्तीमाथि राखेर घुमाउने काम बन्द गरेका कारण खेल बन्द गरिएको चौधरीको भनाइ छ ।