साना किसान कृषि सहकारीको साधारण सभा

चितवन, ५ पुस । रत्ननगर ६ बछौलीमा रहेको साना किसान कृषि सहकारी संस्था लि.को २० औ बार्षिक साधारण सभा बुधवार गरिएको छ । साना किसान कृषि सहकारी संघका केन्द्रीय सचिव हरि पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गोपीप्रसाद लम्सालले बार्षिक कार्ययोजना,लेखा संयोजक बासु चापागाईले लेखा परीक्षण प्रतिवेद तथा प्रमुख व्यवस्थापक रामहरि दाहालले ७३ करोड ८६ लाख बरावरको आयाव्याय विवरण सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने ८ वटा अन्तर समुह,संस्थाबाट ऋण लिएर उत्कृष्ट व्यवसाय गर्नेलाई विभिन्न विधामा र उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका कर्मचारी सुर्दशन रिजालललाई सम्मान तथा पुरस्कृत गरिएको पुरस्कार उपसमितिका संयोजक दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा साना किसान विकास बैंक इलाका प्रबन्धक कृष्णकुमारी शर्मा,रत्ननगर नगर कार्यपालिका कृषि शाखा प्रमुख शिवराज पौडेल,शेयर सदस्यहरु देबकी अधिकारी,जेयनी चौधरी लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष गोपीप्रसाद लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष नारायण महतोले स्वागत मन्तव्य राखेका थिए ।

Promise Education Consultancy