नगर स्तरीय वालमैत्री स्थानीय शासन समिति गठन

चितवन, ५ पुस । रत्ननगर नगर कार्यपालिकामा वालमैत्री स्थानीय सासन कार्यक्रम सञ्चालनको लागि बुधवार वालमैत्री स्थानीय शासन नगर समिति गठन गरिएको छ ।

नगर स्तरीय समितिको अध्यक्षमा मेयर नारायण वन, उपाध्यक्षमा उपमेयर विमला दुवाडी,सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना रहेको नगर स्तरस्य समिति बनाईएको हो ।

समितिको सदस्यहरुमा शिवप्रसाद घिमिरे,राजेन्द्र बराल,शान्ति शर्मा गौतम, सपना बोहोरा,तिलक शर्मा पौडेल,सरस्वती लामा,मिना गिरी,राजाराम रेग्मी,युनिका ढकाल,निसान बस्नेत,रामप्रसाद सापकोटा,इलाका प्रहरी कार्यालयको प्रतिनिधि र सामुदायिक सेवा केन्द्रका प्रतिनिधि चयन भएका छन ।

नगरमा सञ्चालित वालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत आयोजना गरिएको दुई दिने योजना तर्जुमा गोष्ठीले पञ्चबर्षिय योजनाको खाकाँ समेत तयार गरेको छ । बजेट सहितको प्रभावकारी योजना समावेस गरी आबधिक योजनाको खाँका तयार गरिएको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।

आबधिक योजनाको खाँकालाई अन्तिम रुप दिन नगरपालिकाले मेयर वन संयोजक र युनिका ढकाल,शान्ति शर्मा गौतम,राजेन्द्र बराल,शिवप्रसाद घिमिरे,राजाराम रेग्मी,मिना गिरी,नवराज ढुंगाना सदस्य रहेको समिति बनाईएको छ ।

समितिले १० दिन भित्र सो योजनालाई अन्तिम रुप दिने छ । त्यसैगरी गोष्ठीमा सहभागी सरोकारबालाहरुले वालश्रम मुक्त नगर बनाउन सामुहित प्रतिबद्धता समेत जनाएका छन ।

नगरलाई वालमैत्री बनाउन बनाईएको योजना अनुसार काम गर्ने,वालमैत्री बानी र व्यवहार गर्ने तथा वालवालिकाको अधिकारको लागि लगानी गर्न सरोकारबालाहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन । मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेकी थिईन ।

Promise Education Consultancy