टोखामा गोली प्रहार गर्ने चार जना बन्दुकसहित पक्राउ

काठमाडौं, ५ पुष ।  काठमाडौंको टोखा नजिकै शिवपुरी वन्यजन्तु आरक्षभित्र महिलालाई गोली प्रहार गर्ने पक्राउ परेका छन्। प्रहरीले गोली प्रहार गर्ने चार जनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनिल तामाङ, सुशान्त तामाङ, अंकित तामाङ र विजय तामाङलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए। गोली प्रहारबाट ३५ वर्षीया दुर्गा पोखरेल घाइते भएकी छिन्।

घाइते महिला घाँस काट्न जाँदा गोलीको शिकार भएकी हुन्। उनको शरीरमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ।

गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको छ।