बंगलादेशमा नेपाली छात्रा मृत फेला

पुष, ५ । बंगला देशमा एक नेपाली यूवती मृत अवस्थामा फेला परेकी छिन् । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।

उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर वलीले जानकारी दिए ।

कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको स्थानीय मिडियालाई बताएका छन् ।

सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ । अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ ।उनि
ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत थिईन् ।

Promise Education Consultancy