गणेशस्थान मन्दिरको ३ बर्षे गुरुयोजना महानगर मेयर रेनुलाई हस्तान्तरण

चितवन, ५ पुस । चितवनको भरतपुर महानगर भित्र पर्ने ऐतिहासिक महत्व बोकेको गणेशस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्न विशेष गुरुयोजना महानगरपालिकालाई हस्तान्तारण गरिएको छ ।
भरतपुर ११ मा पर्ने यस क्षेत्रलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न गणेशस्थान मन्दिर क्षेत्र संरक्षण संम्बद्र्धन समितिले निर्माण गरेको गुरु योजना महानगरपालिकामा बुझाईएको हो ।

२ दशमलव ४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिर क्षेत्रमा समितिले ३ बर्ष गुरुयोजना बनाई आज भरपुर महानगर पालिकाकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो ।
समितिका अध्यक्ष दिनेश कुमार चुकेले मेयर दाहालसहित भरतपुर महानगर पालिका वडा न. ११ का अध्यक्ष बाबू राम अधिकारी सो गुरुयोजना बुझाएका हुन् ।
३ बर्ष भित्र आफुहरु एकिकृत रुपमा ऐतिहासिक महत्वलाई कायम राख्दै जीर्णउद्दारदेखि मनोरम पर्यटकीय स्थल बनाउने लगायतका विषयहरु समेटिएको अध्यक्ष चुकेले बताए ।
गुरुयोजना अन्र्तगत ३ बर्षमा १ करोड ७३ लाख रुपैयाको लागतमा विभिन्न १८ वटा विकास निर्माणका कार्यहरु समेटिएको छ । भने ५० लाख रुपैया समितिले ब्यहोर्ने र बाकीँ महानगरलाई बजेट छुटाउने मागसहित योजना सम्पन्न गर्ने लक्ष्य राखि अघि बढेको अध्यक्ष चुकेले जानकारी दिए ।
जसकाल लागि स्थानिय निकाय अन्र्तगत वडा कार्यालयले सहमति जनाएपछि महानगरको नगरस्तरीय कार्यक्रममा समेट्न योजना पेश गरिएको उनले स्पष्ट पारे ।
साथै योजना बुझदै मेयर रेनु दाहालले ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षण गर्न आफुहरु लागि परेको बताउदै गणेशस्थानको विषयमा महानगर आफै बढी चिन्तित बनेको बताईन् । उनले गुरुयोजनाको प्रारुप हेरेर विकासका कामलाई प्रथामिकता दिने बताईन् ।
बाइपास रोडबाट नजिकै रहेको गणेशस्थान मन्दिर मुकुन्दसेनको पालादेखिको इतिहास बोकेको धार्मिक स्थल मानिन्छ ।
विंस. २०६४ सालमा संस्थागत रुपमा यस क्षेत्रलाइ धार्मिक क्षेत्रको रुपमा आधिकारिक रुपमा स्थानियले प्राप्त गरेका हुन् । १० बर्षको अवधिमा यस गणेशस्थान मन्दिर क्षेत्रमा पिकनिक स्पट, पुंगिखोला व्यवस्थित एवं धनधान्याञ्चल गरि आरोग्य भवन समेत निर्माण भईसकेको समितिका सचिव रेशम सापकोटाले बताए ।
गणेशस्थान मन्दिरमा नयां तथा पुराना सवारी साधनको पुजा गर्नाले दुर्घटनामा कमि आउने जनमानसमा विश्वास रहेको चुके वताउंछन् ।
जलदेवि सामुदायिक वन, नवजागृति सामुदायिक वन र भरतपुर महानगरपालिकाको संयुक्त संरक्षणमा आगामी ३ बर्ष भित्रमा गणेशस्थान मन्दिर क्षेत्रलाइ धार्मिक पर्यटकिय क्षेत्रको विकासमा कायापलट आउने गणेशस्थान मन्दिर क्षेत्र संरक्षण संम्बद्र्धन समितिका सचिव रेशम सापकोटाको भनाइ छ ।

Promise Education Consultancy