वीरगंजको ग्यासँ आगलागीमा आधादर्जन भन्दा बढिको मृत्युको सम्भावना, त्रास बाँकी (भिडियो)

राधेश्याम पटेल
वीरगंज, ५ पुस । वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुर स्थित सुपर ग्याँस प्रालीमा आज विहान लागेको आगलागी समान्य बन्दै गएको छ । विहानको तुलनामा विष्फोटको अवाज र आगो बल्ने कार्य कम देखिएको छ । तर वरुण यन्त्र र सुरक्षाकर्मी उद्योग परिसर भित्र पस्ने अवस्था छैन् ।
उद्योग भित्र रहेको ट््याङकमा कम भए पनि आगो बलिरहेको अवस्थाले गर्दा उद्योग वरपर जान जोखिम रहेको स्थानिय प्रशासनले बताएका छन् । अन्य मानविय क्षति नहोस भन्ने उदेश्यका साथ स्थानिय प्रशासनले वेट एण्ड वाचको सिद्धान्तमा आगलागीको घटनालाई हेरेर बसेको छ ।

 

 

प्रदेश २ का प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थ तथा सशस्त्रको रुद्रबाहिनी गण पथलैयाका डिआईजी कबिन्द्र श्रेष्ठ,पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलगायतको टोली घटना स्थल भन्दा एक किलोमिटर दक्षिणमा रहेको शिवमन्दिरमा पुगेर स्थलगत जानकारी लिएको छ ।


घटना स्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक भूलबहादुर थापाले आगलागीको अवस्था समान्य बन्दै गएको बताए ।‘आगो बल्ने कम भएको छ,तर त्रास हटेको छैन,’उनले भने,‘पर्ख र हेरको कन्डिशनमा छौ,जब सम्म आगो पूर्ण रुपले निभ्दैन,भित्र पस्ने अवस्था हुदैँन ।’
आगलागीमा परी आधादर्जन भन्दा बढिको ज्यान गएको अनुमान गरिएको छ । जस मध्ये दुई जनाको पुष्टि भइसकेको छ ।पुष्टि हुनेमा वरुणकर्मी टोलीका यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको ज्यान गएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साले जानकारी गराएको छ ।अन्य कति जनाको मृत्यु भएको हो, वा उद्योग परिसरमा कतिजनाको लाश रहेको छ भन्ने विषयमा थप विवरण आउन बाकी छ ।आगो पूर्ण रुपले निभेपछि मात्र आगलागीबाट भएको मानविय क्षति र भौत्तिक क्षति बारे विवरण प्राप्त हुन सक्छ ।


छिमेकी उद्योगका मजदुरका अनुसार आगलागीमा परी कम्तिमा ६जना भन्दा बढिको मृत्यु भएको अनुमान गरेका छन् । भारतबाट ल्याइएको ग्याँस बुलेटबाट उद्योगको टयाकीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो ।उद्योगका सञ्चालक डा. अबुलेश अन्सारीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
हाल दुई जना मृतकको नाम वतन खुल्न सकेको छ ।दुई जनाको शव उद्योग बाहिर उछिटिएर खसेकोले प्रहरीले उनीहरु बारे खुलाएको हो ।मृत्यु हुनेमा वरुण नियन्त्रक टोलीका यादवप्रसाद अधिकारी र मधुसुदन मिश्र रहेको सिमा सुरक्षा कार्यालय पर्साले जनाएको छ ।
हिजो राती उद्योगमा ग्याँस बुलेट बोकेर ४ वटा भारतीय ट्रक आएको र त्यसको चालक सह चालक पनि उद्योग भित्रै रहेको भनी विश्वकर्मा सिमेन्टमा काम गर्ने एक स्टाफले बताए ।
रातीको समयमा उद्योगका कर्मचारी ३,४ जना रहन्छन् ।यसरी हेर्ने हो भने घटना हुदा उद्योगमा एक दर्जन भन्दा बढि व्यक्तिको उपस्थिति देखिन्छ । आगलागी भएको केही बेरमा पुगेको वरुण यन्त्र जलेर नष्ट भएको थियो ।उद्योगको मुल गेटमा गाडी रोकिएको अवस्थामा भित्रबाट टयाकीको आगो उद्योग बाहिर रोकिएको वरुण यन्त्तमा लागेको थियो ।जसले गर्दा वरुण यन्त्रकर्मीको मृत्यु तथा घाइते भएका छन् । वरुण यन्त्रकर्मी सन्दीप नेपाल र उद्योगका सुरक्षागार्ड मनियारी जगरनाथपुरका अमिका पटेल गम्भीर घाइते भएका छन् ।उनीहरुलाई वीरगंजमा प्रारम्भिक उपचार गरी नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ पठाइएको छ ।
पर्सा प्रहरीले घटना संवेदनशील भएकोले सर्तक र सजग रहन निर्देशन दिएको छ ।तर आतिएर विरामी हुनु पर्ने अवस्थ नरहेको प्रहरी दावी गरेको छ ।घटनाले सयौ जनालाई मनोवैज्ञानिक समस्या उत्पन्न गराएको प्रहरी अशंका छ ।केही अस्पतालमा पनि स्थानिय बासिन्दा बोहोस भएर पुग्न थालेपछि प्रहरी नआतिन आग्रह गरेको छ।
आगलागी भएको क्षेत्र भन्दा दुई किलोमिटर वरपरको वस्तीलाई खाली गर्न निर्देशन दिएको छ । एउटा ठुलो ग्याँस बुलेट पडकिन बाकी रहेकोले ५ किलोमिटर टाढा जानु भने र केही अनलाईनमा समाचार आएपछि हजारौ बासिन्दा त्रसित बनेका हुन् । तर प्रहरीकै भनाई अनुसार बाहिरी रुपले हेर्दा खासै असर वरपरको वस्तीलाई खासै असर नपर्ने बताएको छ ।विहानको तुलनामा अवस्था एक दम समान्य रहेको प्रहरीको दावी छ ।सञ्चार माध्यम र समाजिक सञ्जालमा अपलोड गरिएको विभत्स तस्बिर र आगलागीको स्टेटसले झनै त्रास फैलाएको सुखचैनाका विनोद महतो बताउँछन् ।सबैले त्रास फैलाउनु काम बन्द गर्नु पर्छ,संयम भएर सत्य कुरा मात्र प्रवाह गर्न उनले आग्रह गरे ।
त्रसितलाई राहत वितरण शुरु
आगलागी र विष्फोटको डरले बस्ती छोडेका बासिन्दालाई स्थानिय संघसंस्थाले खानेकुरा वितराण् गर्न थालेको छ ।वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको सक्रियतामा राहत वितरण बाडने काम भइरहेको उनको स्वकिय सचिव तबरेज अहमदले बताएका छन् ।अन्य केही संस्था पनि सुखचैन,पटेलनगर,जगरनाथपु,ईनार्वा,भवानीपुर,मनियारी,प्रसौनीविर्तालगायतको गाउँलेको लागि चिउरामिठा,चाउँचाउ बाडिरहेका छन् ।आगलागी भएको स्थान वरपरका अधिकांश वस्ती खाली गराइएकोले खुला चौरमा स्थानिय बासिन्दा समय गुजारी रहेका छन् ।कोहीकोही गाडीमा समान लोड गरी नजिकको आफन्तजन कहाँ पुगेका छन् ।