इपिएल क्रिकेटमा विराटनगर वारियर्सको लगातार दोस्रो जित

काठमाडौं, ५ पुष । हङकङका अंशुमन रथको अर्धशतकीय पारीसँगै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ।

आज भएको खेलमा पारस खड्का कप्तानीको टोली विराटनगरले पोखरा राइनोसलाई ३ विकेटले पराजित गर्‍यो।१ सय २३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अंशुमनले ६० रन बनाएको इनिङ्समा बाबर हयातले २२ रन बनाए। कप्तान पारस खड्का ११ रनमा आउट भए।

काठमाडौंको र्कीतिपुर मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन जोड्न सक्यो। राजेश पुलामी मगरले टोलीका लागि सर्वाधिक ३० रन जोडे।विराटनगरका लागि पारस खड्काले सर्वाधिक ३ विकेट लिए।