सुर्तिजन्य पदार्थमा कर बढाउन सरोकारवालाहरुको सुझाव

काठमाडौं, ५ पुष । सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न करमा बृद्धि गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, दी युनियन एसिया प्यासिफिक,एक्सन नेपाल र क्यान्सर सोसाईटीले बुधबार सयुक्त आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले सुर्तीजन्य पदार्थ प्रयोग घटाउन वेलैमा सचेतना अपनाउनुपर्ने बताए । उनले नेपालमा नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थले बढवा दिईरहेको भन्दै ३२ अर्ब रुपैयाँ सुुर्तिजन्य पदार्थको व्यवस्थापनमा खर्च हुने अनुमान गरिएको सुनाए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण गिरीले पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएकोमा चिन्ता वयक्त गरे । उनले सुर्तीजन्य पदार्थको प्रयोग कमगर्न सके ११ प्रतिशत मृत्यदर घटाउन सक्ने बताए ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ लाई संशोधन गरी २०७१ कात्तिक १३ देखि सूर्तीजन्य पदार्थको प्याके,बट्टा पेटी तथा प्याकेजिङमा चेतावनी मुलक सन्देश छाप्नु पर्ने निर्देशिका तयार गरेको थियो ।

विश्वमा ७० लाख मानिसको मृत्यू सुर्तीजन्य पदार्थबाटनै हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा वर्षेनी ६० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु हुने गरेको छ ।

Promise Education Consultancy