दलहरुबीच सहमति जुटाउन प्रचण्ड र ओलाीलाई राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, ५ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विवादका विषयमा राष्ट्रपति र ओली-प्रचण्डबीच बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन ओली र प्रचण्डसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिइरहेका बेला बाम गठबन्धनका शीर्ष नेतासमेत रहेका ओली र प्रचण्डलाई राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।
करिव २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ पनि दुवै नेताको गम्भिर ध्यानाकर्षण गराएकी थिइन् ।

राष्ट्रपतिले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढन बाम गठबन्धन दुवै नेतालाई एकैसाथ राखेर ध्यानाकर्षण गराएको राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन पारित हुन नसक्दा निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या समेत तय गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।

Promise Education Consultancy