कालिखोला पुलको -यालीङ भाचिएपछि यात्रा जोखिममा, एकतर्फीमात्र यातायात संचालन

चितवन, ५ पुस । राजधानी काठमाडौँसगँ जोड्ने लाईफ लाईन नारायणगढ–मुग्लिन सडकमा सवारी साधन यात्रामा जोखिम बढेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलामा रहेको पुलको यालीङ भाचिएपछि फेरि सवारी साधनमा आवतजावतमा जोखिम बढेको हो ।

अहिले एकतर्फी मात्र सडक संचालनमा गरिएको छ । के कारणले ¥यालीङ भाचिएको हो भन्ने अझै नखुलेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख इन्सपेक्टर धर्म बहादुर केसीले बताए । पुलको अवस्थाका बारेमा जानकारी लिन ईन्जिनियारको टोली आउदैँ गरेको इन्सेक्टर केसीले जानकारी दिए ।
यो सडक खण्डको सबैभन्दा धेरै दुर्घटना हुने ठाउँ हो । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिदै आएको छ ।
योसगैँ सडक आयोजनामा पर्ने थप १० ठाउँको पुलहरु समेत जोखिममा राखेको आयोजनाले जनाएको छ ।

Promise Education Consultancy