पेट्रोलिय पदार्थको मूल्य फेरी बढायो मूल्य सुची सहित

काठमाडौं, पुस ४ । नेपाल आयल निगमले फेरी पेट्रोलिय पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमले जनाएको छ।पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । हाल निगमको मासिक घाटा रु १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।

Promise Education Consultancy