ईच्छाकामनामा मानव बेचविखन नियन्त्रण सम्बन्धि अन्र्तकृया कार्यक्रम

चितवन, ४ पुष ईच्छाकानमा मानव वेचविखन सम्बन्धि एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ। आज ईच्छाकामना ४ कुरिनटारमा माईती नेपाल चितवनको आयोजनामा मानव बेचविखन नियन्त्रण स्थानिय समितिको पुर्नगठनको लागि सारोकार पक्षहरुको भूमिका विषयक सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, प्रहरी,पत्रकार विभिन्न संघसस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा माईती नेपाल चितवनका कार्यक्रम अधिकृत रविन्द्र सापकोटा र कार्यक्रम संयोजक ईश्वर गिरिले सहजीकरण गरेका थिए ।
यस अघि बनेको मानव बेचविखन नियान्त्रण स्थानिय समिति राज्य पुर्नसरंचना पछि क्रियाशिल नभएकोले पछिल्लो समय मानवबेचविखनका घटनाहरु बढीरहेकोले यसलाई सक्रिय बनाउन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रविन्द्र सापकोटाले बताउनुभयो ।


यस अघि गाविस स्तरीय समिति बनेको र अहिले गाविस खारेज भई गाउँपालिका बनेपछि समिति निस्क्रिए भएका छन् ।
साथै कार्यक्रममा मानव वेचविखनको न्यूनिकरण र उद्धारपछि पिडितको संरक्षण कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा अब हुने पुर्नगठन समितिमा कस्ता व्यक्तीहरुको सहभाीता रहने र काम कर्तव्यका बारे जानकारी गराईएको थियो ।
यस कार्यक्रमलाई AWO.International.e.v  नामक संस्थाले सहयोग गरेको हो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको आतिथ्यमा सम्पन्न भएको हो ।