कुटु मा कुटु’लाई युटुबमा ४ करोड पटक भन्दा बढी हेरियो

भीमसेन अधिकारी

पुष ४, काठमाडाैँ चलचित्र ‘२ रुपैयाँ’को ‘कुटु मा कुटु’ बोलको गीतलाई युटुबमा ४ करोड पटक भन्दा बढी पटक हेरिएको छ । यो गीतले पाएको भिउ अहिलेसम्मकै कुनै पनि नेपाली गीतले पाएको सबैभन्दा बढी भिउ समेत रहेको छ ।

अशिम शाह निर्देशित चलचित्र ‘२ रुपैयाँ’को उक्त गीतमा नायक तथा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्का बुद्धि तामाङले कम्मर मर्कयका हुन् । बर्षको सफल फिल्महरुमै गनिएको चलचित्र ‘२ रुपैयाँ’ को उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ, भने राजनराज शिवाकोटी शब्द,संगीत र आवाज रहेको छ । गीतलाई १ लाख ४० हजार लाइक र १८ हजार डिसलाइक मिलेको छ भने झन्डै साढे ९ हजार कमेन्ट प्राप्त भएको छ । राजनराज संगै गीतमा मेलिना राईको पनि आवाज रहेको छ ।

चलचित्रमा आशिफ शाह, निश्चल बस्नेत, मेनुका प्रधान, रबिन्द्र मिश्र, राजन इसान, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।