फेसबुकबाट ठग्ने दिल्लीका मुख्य नाइके सहित ३ जना पक्राउ

वीरगंज ४ पुष ।  वीरगंज समाजिक सञ्जालहरु भाइबर,फेसबुक,ट्विटर मार्फत म्यासेज पठाई लट्री परेको भन्दै ठगी गर्ने मुख्य योजनाकार सहित वीरगंजबाट ३ जना फेरी पक्राउ परेका छन् । पर्सा प्रहरीले दिल्लीका मुख्य योजनाकारसहित ३ जनालाई पक्राउ गरेको हो ।

दुई साता अघि यस्तै कान्डमा ६ जना पक्राउ परेका थिए ।लट्री परेको भन्दै टयाक्सको रकम आइएममी,सिटि एक्सप्रेस,हिमाल रेमिटलगायतको वित्तिय संस्था तथा बैंकमा जम्मा गराई ठगी गर्ने योजना बनाएका मुख्य नाइकेलाई मंगलवार दिउँसो सवा १ बजे वीरगंज –८ पानगल्लीबाट र बाकी दुई जनालाई घण्टाघर पुर्वमा रहेको नारायणी गेष्ट हाउसबाट हिरासतमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी गराए । पक्राउ पर्नेमा मुख्य योजनाकार विहार कटिहार कुजिवाना ग्राम पन्चायत घर भइ हाल नई दिल्ली ,जामियानगर,बाटाला हाउसमा बस्दै आएका २६ वर्षिय साकिर रेजा,सोही स्थानका २१ वर्षिय मुकेश कुमार राय र नेपाली नागरिक बारा,महागढिमाई–१ बस्ने ३४ का फिरोज राय भाट रहेका छन् ।नेपाली नागरिक भाट रिक्सा चालक हुन् ।उनको नेपाली परिचय पत्र दूरुपयोगको गर्न यस्तो ठगी कार्यमा संलग्न गराइएको प्रहरीको दावी छ ।मुख्य योजनाकार र सहायक योजनाकार साकिर र मुकेश दिल्ली–वीरगंज आउजाउ गर्ने गरेका छन् ।

ठगीमा परेका नेपाली नागरिकले पैसा वित्तिय तथा बैकमा हालेपछि उनीहरु वीरगंज आएर झिक्ने गरेको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले उनीहरुको साथबाट नगद रु अढाई लाख तथा विभिन्न कागजपत्र बरामद गरेको छ ।प्रहरीले उनीहरुको साथबाट विभिन्न बित्तिय तथा बैंकको दर्जनौ भौचर,भारतीय इन्डियन तथा स्टेट बैंकको २ थान एटिएम कार्ड,आइफोन ,स्यामसग,इन्टेक्स गरी ४ थान मोबाइल,भारतीय–नेपाली सिम कार्ड,रेलको टिकेटलगायतको विभिन्न सामग्री बरामद गरेको छ ।यसैवीच,मंसिर १४ गते पर्सा प्रहरीले बसपार्कबाट दिउसो आइएमइबाट पैसा झिक्दै गरेको एउटा गिरोहलाई पक्राउ गरेको थियो ।एक भारतीय बिकी पंडितको गिरोहलाई प्रहरीले दुई लाख ८० हजार सहित पक्राउ गरेको थियो ।

यसअघि पक्राउ पर्नेमा पर्सा बेल्वाका दुई र सर्लाहीका ३ गरी ६ जना अभियुक्तहर पक्राउ परेका थिए । ठगी गर्ने गिरोहले समाजिक सञ्जालमा मार्फत लट्री परेको भन्दै बैंकमा ट्याक्सको रकम पठाउन लगाउने भएकोले यस्तो कुरामा विश्वास नगर्न र यस्तो ठगी गर्ने म्यासेज वा फोन आयो भने तुरुन्त प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ ।

Promise Education Consultancy